Kathmandu Press

यौनिक तथा लैंगिक अल्पसंख्यकद्वारा माइतीघरबाट बानेश्वरसम्म नेपाल गौरव यात्रा

काठमाडाैं, जेठ २८ : यौनिक तथा लैंगिक अल्पसंख्यकले काठमाडौं नेपाल गौरव यात्रा गरेका छन्।शनिबार काठमाडौंको माइतीघरबाट बानेश्वरसम्म नेपाल सीमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान...
यौनिक तथा लैंगिक अल्पसंख्यकद्वारा माइतीघरबाट बानेश्वरसम्म नेपाल गौरव यात्रा

काठमाडाैं, जेठ २८ : यौनिक तथा लैंगिक अल्पसंख्यकले काठमाडौं नेपाल गौरव यात्रा गरेका छन्।

शनिबार काठमाडौंको माइतीघरबाट बानेश्वरसम्म नेपाल सीमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरुको गौरव यात्रा गरिएको हो।

यात्रामा सहभागीहरुले आफ्नो पहिचान गलत हैन भन्दै बिभिन्न भाषामा देखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए।

अङ्ग्रेजी पात्रो अनुसार जुन महिनालाई ’प्राइड मन्थ’ अर्थात् ’गौरवको महिना’ मानिन्छ र यो महिनामा लैंगिक तथा यौनिक अल्पसंख्यकहरुले विभिन्न कार्यक्रमको आयोजना गर्ने गर्दछन्।

यसै महिना विश्वका विभिन्न देशहरूमा पनि गौरव यात्रा अर्थात प्राइड परेड आयोजना गर्ने गरिएको छ। 

प्रकाशित मिति: १३:२९ बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्