Kathmandu Press

विद्रोहबाट जन्मिएकाे एकीकृत समाजवादी आठ महिनाभित्रै राष्ट्रव्यापी बन्न सफल : खनाल

काठमाडाैं, जेठ २८ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्यांकन र सम्मान गर्न...
विद्रोहबाट जन्मिएकाे एकीकृत समाजवादी आठ महिनाभित्रै राष्ट्रव्यापी बन्न सफल : खनाल

काठमाडाैं, जेठ २८ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्यांकन र सम्मान गर्न नसकेको बताएका छन्।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर– १५ का समाजवादी उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयवासीलाई आभार व्यक्त गर्न शनिबार आयोजित कार्यक्रममा खनालले निर्वाचनमा गठबन्धनले ठिक ढंगले मूल्यांकन र सम्मान गर्न नसकेको र जसका कारण पार्टीलाई धेरै फाइदा नभएको बताएका हुन्।

उनले एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो विजय हासिल गरेको दाबी गरे। १५ वडामा पनि तालमेल गर्दा सबै पद गुमाउनुपर्ने भएकाले नै एक्लै चुनाव लड्ने निर्णय गरेको र सफलता प्राप्त भएको उनको भनाइ छ।

खनालले विद्रोहबाट गठन गरेको पार्टी आठ महिनाभित्रै राष्ट्रव्यापी बन्न सफल भएको भन्दै आगामी दिनमा जनतालाई भरोसा दिलाएर संगठनलाई विस्तार र व्यापक बनाउदै लैजानुपर्ने धारणा राखे। काठमाडौंको मेयरमा नयाँ मान्छे विजयी भएकाले सबैले सहयोग गर्नुपर्ने उनकाे भनाइ थियाे।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जनप्रतिनिधिले जनताको भावना अनुसार घोषणापत्रमा उल्लेख विषयलाई कार्यान्वयन गराउन ध्यान केन्द्रीत गर्नुपर्ने बताए। 

प्रकाशित मिति: १३:२० बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्