Kathmandu Press

ल्याण्डफिल्ड साइड सार्न पोखरामा तत्काल पूर्वाधार बनाइने

कास्की, जेठ १८ : पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सार्ने निर्णय गरेको छ। बैठकले ल्याण्डफिल्ड साइट सार्न आवश्यक...
ल्याण्डफिल्ड साइड सार्न पोखरामा तत्काल पूर्वाधार बनाइने

कास्की, जेठ १८ : पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सार्ने निर्णय गरेको छ। बैठकले ल्याण्डफिल्ड साइट सार्न आवश्यक बजेट व्यवस्थापन गर्दै तत्काल पूर्वाधार तयार पार्ने निर्णय गरेको छ।

अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसक्दासमेत उचित व्यवस्थापन हुन नसकेर समस्याको रुपमा रहेको ल्याण्डफिल्ड साइटलाई महानगरले प्राथमिकतमा राखेर सो निर्णय गरेको हो।

बैठकले पोखरामा एक वर्षभित्रमा विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने र यसरी निर्माण गर्ने अवधिसम्मका लागि बैंक, होटल, विभिन्न संघ–संस्था र रेष्टुराँका शौचालय सर्वसाधारण नागरिकका लागि प्रयोग गर्न दुईपक्षीय सम्झौता गर्ने निर्णय पनि गरेको छ।

यसैगरी महानगरपालिकाले तत्काल आपत्कालीन सेवा सञ्चानमा ल्याउने भएको छ । सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, आगलागी तथा विभिन्न घटनामा तत्काल जनशक्ति परिचालन गर्ने गरी पूर्वाधार महाशाखाको क्षमता विकास गर्ने र कर्मचारीसमेत भर्ना गरेर सेवामा प्रभावकारिता ल्याउने कार्यपालिका बैठकले निर्णय गरेको छ।

प्रकाशित मिति: ११:५१ बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्