Kathmandu Press

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष चढेको गाडी दुर्घटना

गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको सरकारी गाडी साँफेबगरमा शनिबार बिहान ४ बजे दुर्घटना भएको हो।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष चढेको गाडी दुर्घटना

अछाम, जेठ २७ : अछामको ढकारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढेको गाडी दुर्घटना भएको छ। गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको सरकारी गाडी साँफेबगरमा शनिबार बिहान ४ बजे दुर्घटना भएको हो।

दुर्घटनामा मानवीय क्षति भएको छैन । दुर्घटनामा उपाध्यक्ष नेत्रकलादेवी शाही र चालक लली नेपाली सामान्य घाइते भएका छन् ।

दुवैको बयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार गाउँपालिका अध्यक्ष प्रकाश साउदलाई भने कुनै चोट लागेको छैन।

गाडीमा अध्यक्ष र उपाध्यक्षसहित उपाध्यक्ष शाहीका १ वर्षीय छोरा, बच्चा हेरालु ३४ वर्षीय वीरेन्द्र शाही, चौरपाटी गाउँपालिकाकी उपाध्यक्ष सरुदेवी खड्का र उनकी छोरी २० वर्षीया वर्षा खड्का पनि थिए । तर, उनीहरुलाई पनि कुनै चोट नलागेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:३० बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्