Kathmandu Press

पूर्वमन्त्री मिथिला चौधरीको निधन

पूर्वमन्त्री मिथिला चौधरीको निधन

काठमाडाैं, जेठ २८ : पूर्वमन्त्री मिथिला चौधरीको निधन भएको छ। चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको हो।

भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन्।

संविधानसभा सदस्यसमेत रहेकी चौधरी नेकपा (संयुक्त)को सांसद रहेको बेला जनसङ्ख्या तथा वातावरण मन्त्री बनेकी थिइन्। उनका श्रीमान्, एक छोरा र दुई छोरी छन्।

प्रकाशित मिति: १०:३२ बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्