Kathmandu Press

आईसीसी लिग-२ मा आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं, जेठ २८ : आईसीसी लिग-२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुन लागेको छ।अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले पर्लल्यान्डस्थित मोसा क्रिकेट मैदानमा...
आईसीसी लिग-२ मा आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं, जेठ २८ : आईसीसी लिग-२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुन लागेको छ।

अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले पर्लल्यान्डस्थित मोसा क्रिकेट मैदानमा राति ९ः१५ बजे अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल चार खेलमध्ये पहिलो खेलमा ओमनसँग पराजित भएको थियो। बिहीबार राति भएको खेलमा ओमनले नेपाललाई १३ रनले पराजित गरेको थियो।

अमेरिकाले पहिलो खेलमा ओमनलाई पराजित गरेको थियो। आज दुवै टोली दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

यसअघि लिग २ मा नेपाल र अमेरिकाबीच चार खेलमा भएका छन्। जसमा नेपालले तीन खेल जितेको छ भने एक खेल हारेको छ।

 

प्रकाशित मिति: ०८:१६ बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्