Kathmandu Press

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन, जेठ २८ : वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ।गए राति ९ः५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो...
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन, जेठ २८ : वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ।

गए राति ९ः५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको  थियो। सवारी साधन र यात्रु बाटोमै रोकिएका थिए।

पहिरो हटाएर सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए। उनका अनुसार पानी परिरहेकाले पुनः पहिरो खस्ने सम्भावना रहेको छ।

मनसुन भित्रिएसँगै नारायणगढ मुग्लिन सडकमा पहिरो खस्न थालेको छ। गत तीन दिनमा चार पटक पहिरो खसेको छ।

प्रकाशित मिति: ०७:४१ बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्