Kathmandu Press

चीनमा अब विवाहको खर्चमा कटौती गर्ने र पोर्न साइट हेर्न नपाइने

चीनको कम्युनिष्ट पार्टीले नागरिकको नैतिक गुणस्तरमा सुधार ल्याउन गाउँमा हुने विवाहको खर्चदेखि उपयुक्त पहिरन लगाउने र अनलाइन पोर्नबाट टाढै रहने लगायतका नयाँ मार्ग निर्दे....

चीनमा अब विवाहको खर्चमा कटौती गर्ने र पोर्न साइट हेर्न नपाइने

चीनको कम्युनिष्ट पार्टीले नागरिकको नैतिक गुणस्तरमा सुधार ल्याउन गाउँमा हुने विवाहको खर्चदेखि उपयुक्त पहिरन लगाउने र अनलाइन पोर्नबाट टाढै रहने लगायतका नयाँ मार्ग निर्देशन जारी गरेको छ।

देशको भावी दिशाबारे छलफल गर्न भेला भएका बेइजिङका उच्च अधिकारीहरूको गोप्य सभापछि थुप्रै मार्ग निर्देशनहरू सार्वजनिक गरिएका छन्।

सरकारले “नयाँ युगमा नागरिकको नैतिक संरचनाको कार्यान्वयनको खाँका” प्रकाशन गरेको छ। त्यसले पाठकहरूलाई इन्टरनेट कसरी प्रयोग गर्ने, बालबालिका कसरी हुर्काउने, सार्वजनिक विदा कसरी मनाउने र विदेश यात्रा गर्दा कस्तो व्यवहार गर्ने सम्बन्धमा सल्लाह दिनेछ।

Hardik ivf

सेन्ट्रल कमिशन फर गाइडिङ कल्चरल एन्ड एथिकल प्रोग्रेसले जारी गरेको सो मार्गनिर्देशनले “चिनियाँ भाव, चिनियाँ मुल्यमान्यता र चिनियाँ शक्ति” निर्माणको लक्ष्य बोकेको बताइएको छ।

मार्गनिर्देशनले नागरिकलाई अनलाइन पोर्नोग्राफी र उच्छृङ्खलताबाट टाढै रहन तथा झण्डोत्तलन गर्दा वा राष्ट्रियगान गाउँदा सहि शिष्टाचार पालन गर्न पनि आह्वान  गरेको छ।

नियमानुसार पुस्तकालय र युवा केन्द्रजस्ता सार्वजनिक संस्थाहरूले जनताको सैद्धान्तिक सचेतना र नैतिक मापदण्डमा सुधार ल्याउन “लक्षित नैतिक शिक्षा” कार्यान्वयन गर्नुपर्नेछ। त्यसबाहेक राष्ट्रवाद र मातृभूमिप्रति वफादारितामा पनि जोड दिइएको छ।

“विदेश परस्त, राष्ट्रिय गौरवमा क्षति पुर्याोउने र राष्ट्रिय स्वार्थलाई बेच्ने व्यक्तिलाई कानूनअनुसार अनुशानसित गर्नुपर्छ,” त्यसमा भनिएको छ।

गत साता नै प्रकाशित व्यवहारसम्बन्धी अर्को निर्देशिकाले चीनको दुर्गम क्षेत्रलाई लक्ष्य बनाएको छ। निर्देशिकाले स्थानीय सरकारलाई खराब रीतिरिवाजलाई जरैदेखि उखेल्न आग्रह गरेको छ। यसमा वृद्धलाई गरिने दुर्व्यवहार, विवाह र अन्त्येष्टिमा गरिने अत्यधिक खर्च लगायत पर्ने कमिसनका अधिकारी झाङ झियोङले बताए। सिद्धान्त र नैतिकताको निर्माण र सुधार नै “दुर्गम शिष्टाचार” को सबैभन्दा महत्वपूर्ण पाटो भएको उनले बताए।

“हामीले युवाको वैवाहिक शिक्षालाई सशक्त बनाउनुपर्छ। कम्युनिष्ट युथ लिग, महिला संघहरू र अन्य सामुहिक संस्थाहरूलाई पूर्ण रूपमा प्रयोग गर्नुपर्छ,” झाङले भने।
सरकारी प्रशारक सिसिटिभीले विवाहमा गरिने धेरै खर्च र नयाँ बेहुलीलाई घर तथा उपहार दिने चलनले अविवाहित पुरूषमा अत्यधिक दबाब परिरहेको बताएको छ। धेरैजसो दुर्गम गरिब परिवारका लागि यो सम्भव पनि हुँदैन।

चीनको दशकौं पुरानो एक सन्तान नीतिले लैङ्गिक अन्तरको ठूलो खाडल खनेको छ। दुर्गम क्षेत्रमा लाखौं अविवाहित पुरूष हुनुको सामाजिक प्रभावबारे बेइजिङ चिन्तित पनि छ। दुर्गम क्षेत्रमा बस्नेहरूसँग नजिकबाट काम गर्न झाङले सम्बन्धित निकायलाई आह्वान गरेका छन्।

पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण सभा बसिरहेको बेला यस्तो नियम प्रकाशन गरिएको छ। यो बन्दसत्रको बैठक हो जहाँ उच्च अधिकारीहरूले देशको रोडम्याप र भविष्यको दिशाबारे छलफल गर्छन्।

बेइजिङले ५८ जना राष्ट्रिय “नैतिक आदर्श व्यक्तित्व” को सूची पनि तयार गरेको छ। उनीहरूले देशभक्ति र “उच्च नैतिकता” को उदाहरण प्रस्तुत गरेको बेइजिङको ठहर छ।  नैतिक निर्देशिकाको पछिल्लो संस्करण सन् २००१ मा आएको थियो।

“पैसाको पूजा गर्ने, सुखवाद र अति व्यक्तिवाद विकसित भएको छ,” सन् २००१ को निर्देशिकामा उल्लेख गरिएको छ। अठार वर्षपछि संशोधित नयाँ निर्देशिकाले पनि तीनै पक्षलाई उल्लेख गर्दै अझै विद्यमान रहेको निष्कर्ष निकालेको छ।
 

प्रकाशित मिति: ०७:१८ बजे, बुधबार, कात्तिक २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्