Kathmandu Press

नेपाली क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने

नेपाली क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने

काठमाडाैं, जेठ २७ : नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने भएको छ। नेपाली टिमलाई अस्ट्रेलिया लगेर प्रतिस्पर्धात्मक क्रिकेट खेल आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान) र रोयल हेरिटेज अस्ट्रेलियाबीच सम्झौता भएको छ।

सम्झौतासँगै नेपाली टिमले अस्ट्रेलिया भ्रमण गर्ने पक्का भएको हो। सम्झौता पत्रमा क्यानमा महाप्रबन्धक वृतान्त खनाल र रोयल हेरिटेजका स्वतन्त्र प्रताप शाहले हस्ताक्षर गरे।

नेपाली टिमले अन्तर्राष्ट्रिय क्यालेण्डरमा असर नपर्ने गरी आगामी तीन वर्ष प्रत्येक वर्ष कम्तिमा १० दिन अस्ट्रेलिया भ्रमण गर्ने छ। त्यस क्रममा नेपाली टिममले स्थानीय टिमका साथै स्टेट टिम र अस्ट्रेलियाको ए टिमसँग प्रतिस्पर्धा गर्ने वातावरण मिलाउने प्रतिवद्धता रोयल हेरिटेजले गरेको छ।

नेपाली टिमलाई सन् २०२२ भित्रै टिम अस्ट्रेलिया पठाउने महाप्रबन्धक खनालले बनाए । पहिलो वर्षको मूल्यांकनका आधारमा बाँकी दुई वर्षका लागि निर्णय गर्ने उनले बताए ।

रोयल हेरिटेजका स्वतन्त्र प्रताप शाहले क्रिकेट संकृतिको हिसावमा संसारमै अग्रणी अस्ट्रेलियाको टिम र नेपाली टिमबीच प्रतिस्पर्धा गराएर सदभाव र भाइचारा बढाउनु कार्यक्रमको उद्देश्य रहेको बताए ।

प्रकाशित मिति: २०:५४ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्