प्रधानसेनापति शर्मा र अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुखबीच भेट
काठमाडाैं, जेठ २७ : संयुक्तराज्य अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन र नेपाली सेनाका प्रमुख प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गरेका...
काठमाडाैं, जेठ २७ : संयुक्तराज्य अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन र नेपाली सेनाका प्रमुख प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गरेका छन् । फ्लिन र शर्माबचि सैनिक मुख्यालयमा शुक्रबार साँझ भेटवार्ता भएको हो।
भेटमा उनीहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको सेनाले जनाएको छ।
फ्लिन चारदिने चारदिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीबार नेपाल आएका थिए। उनले शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेका थिए।
प्रकाशित मिति: २०:३४ बजे, शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











