Kathmandu Press

मेगा र इन्भेष्टमेन्ट बैंक मर्जर समझदारी, असोजभित्र एकीकृत कारोबार गर्ने

काठमाडाैं, जेठ २७ : मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको लागि समझदारी भएको छ । दुवै बैंक एकआपसमा गाभिन शुक्रबार समझदारी पत्रमा...
मेगा र इन्भेष्टमेन्ट बैंक मर्जर समझदारी, असोजभित्र एकीकृत कारोबार गर्ने

काठमाडाैं, जेठ २७ : मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको लागि समझदारी भएको छ । दुवै बैंक एकआपसमा गाभिन शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरे । यी दुई बैंकले असोजभित्र एकीकृत कारोबार गर्नेगरी तयारी गरेका छन्।

मर्जपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नाम रहनेछ भने बैंकको अध्यक्ष र सीइओ इन्भेष्टमेन्ट बैंककै रहने छन्। बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे र सीईओ ज्योतिप्रकाश पाण्डे रहने सहमति भएकाे छ।

यस्तै डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मेगा बैंककी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रवीना देशराज जोशी हुनेछिन् ।

सम्झौता पछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । अहिले इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड र मेगाको १६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी छ ।

 

प्रकाशित मिति: १९:४६ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्