‘वामपन्थीबीच तत्काल एकता सम्भव छैन’
झापा, जेठ २७ : नेकपा एमालेका सचिव योगेश भट्टराईले वामपन्थीहरूबीच एकता सम्भव नभएको बताएका छन्। प्रेस चौचारी क्षेत्रीय कमिटीले दमकमा आयोजना गरेको पत्रकार...
झापा, जेठ २७ : नेकपा एमालेका सचिव योगेश भट्टराईले वामपन्थीहरूबीच एकता सम्भव नभएको बताएका छन्। प्रेस चौचारी क्षेत्रीय कमिटीले दमकमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै सचिव भट्टराईले वामपन्थी दलहरुबीच तत्काल एकता सम्भव नभएकोृ बताएका हुन्।
उनले अब हुने संघीय र प्रदेश निर्वाचनमा वामपन्थी दलहरू मिलेर चुनावमा जाने परिस्थिति अहिले नै तयार भइनसकेको स्पष्ट पारे।
एमाले सचिव भट्टराईले वामपन्थी विचार मिल्ने दलहरूबीच तत्काल एकता नभए पनि कालान्तरमा भने एक हुनुको विकल्प नभएको बताए।
प्रकाशित मिति: १९:२३ बजे, शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


