Kathmandu Press

आबुखैरेनी सडकखण्ड बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म बन्द हुने

तनहुँ, जेठ २७ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आबुखैरेनी–मुग्लिन खण्ड शुक्रबार बेलुका ७ बजेबाट बन्द गरिने भएको छ ।आबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक...
आबुखैरेनी सडकखण्ड बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म बन्द हुने

तनहुँ, जेठ २७ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आबुखैरेनी–मुग्लिन खण्ड शुक्रबार बेलुका ७ बजेबाट बन्द गरिने भएको छ ।

आबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म पूर्ण रुपमा बन्द गर्न लागिएको हो।

बिहान सडक भासिएपछि उक्त ठाउँमा साना सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् । ठूला सवारी भने चार दिनका लागि बन्द गरिएको छ।  

सडक भासिएको ठाउँमा भित्तापट्टी सडक खन्न थालिएको छ । डेढ÷दुई मिटर भित्ता खनेर सडक सञ्चालन गर्न काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीले जानकारी दिइन् । ‘रातिको समयमा जोखिम सडक भासिएपछि बिहानैदेखि अलपत्र सर्वसाधारणलाई पैदल हुँदै वारपार गराइएको छ ।’

सडक भासिएको स्थानमा कार र मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा घर भई आँबुखैरेनी–२ बस्ने ३५ वर्षीय केशव घिमिरे रहेको र अर्का व्यक्तिको भने सनाखत हुन सकेको छैन्।

प्रकाशित मिति: १८:३८ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्