जिसस काठमाडौंमा सर्वसम्मत नेतत्व
काठमाडौं, जेठ २७ : जिल्ला समन्यव समिति (जिसस) काठमाडौंमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ। जिसस काठमाडौंमा गठबन्धन पक्षको मात्र उम्मेदवारी परेपछि सबै...
काठमाडौं, जेठ २७ : जिल्ला समन्यव समिति (जिसस) काठमाडौंमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ। जिसस काठमाडौंमा गठबन्धन पक्षको मात्र उम्मेदवारी परेपछि सबै निर्विरोध भएका हुन्।
जिससको प्रमुखमा कांग्रेसका सन्तोष बुढाथोकी र उपप्रमुखमा कांग्रेसकै शान्ति पाण्डे निर्विरोध भएका छन्। यस्तै, ३ खुल्ला सदस्य, २ महिला सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन्।
यस्तै, सदस्यमा माओवादी केन्द्र र एकीकृत समाजवादीका एक–एक जना पनि निर्विरोध निर्वाचित भएका छन्। समाजवादीका उम्मेदावर महिला सदस्यमा र माओवादीका उम्मेदवार दलित सदस्यमा निर्विरोध भएका हुन्।
निर्वाचन आयोगले शनिबार मात्र औपचारिक घोषणा गर्नेछ।
प्रकाशित मिति: १८:३२ बजे, शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


