Kathmandu Press

बन्चरेडाँडाका स्थानीयले फोहोर फाल्न दिने भएपछि काठमाडौंको फोहोर उठ्ने

काठमाडौं, जेठ २७ : अब काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठ्ने भएको छ। बन्चरेडाँडा ल्यान्ड फिल्ड साइटका स्थानीयले फोहोर फाल्न दिने भएपछि काठमाडौंको फोहोर उठ्ने...
बन्चरेडाँडाका स्थानीयले फोहोर फाल्न दिने भएपछि काठमाडौंको फोहोर उठ्ने

काठमाडौं, जेठ २७ : अब काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठ्ने भएको छ। बन्चरेडाँडा ल्यान्ड फिल्ड साइटका स्थानीयले फोहोर फाल्न दिने भएपछि काठमाडौंको फोहोर उठ्ने भएको हो। 

बन्चरेडाँडा ल्यान्ड फिल साइट पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेपछि काठमाडौंको फोहोर आज (शुक्रबार) बन्चरेडाँडा ल्यान्डफिल साइटमा खसाल्न थालिएको छ। काठमाडौंबाट गएका ट्रकहरुले ल्यान्डफिल साइटमा फोहोर खसाल्न थालेका हुन्।

फोहोर व्यवस्थापनका विषयमा आज (शुक्रबार) बिहान भएको स्थानीयलगायत सरोकारवाला निकायसँग गरिएको छलफलमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रतिबद्धतापत्र सार्वजनिक गर्ने वाचा गरेकी थिइन् भने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतलगायत नेताहरुले पनि संघर्ष समितिको माग सम्बोधनका लागि गम्भीर पहल गर्ने आश्वासन दिएका थिए।

स्थानीयका मागहरू पूरा गर्ने प्रतिबद्धता मन्त्रालयको र सांसदहरूको भनाइका आधारमा स्थानीयले फोहोर फाल्न दिने भएकाे संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले जनाकारी दिए।

स्थानीयले गत मंगलबारदेखि काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए।

प्रकाशित मिति: १७:४७ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्