Kathmandu Press

महानगरमा बेरुजु हुन नदिने वातावरण बनाउने बालेनको प्रतिवद्धता 

काठमाडौं, जेठ २७ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले वित्तिय अनुशासनको पालना गर्दै आगामी वर्ष बेरुजु हुन नदिने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।...
महानगरमा बेरुजु हुन नदिने वातावरण बनाउने बालेनको प्रतिवद्धता 

काठमाडौं, जेठ २७ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले वित्तिय अनुशासनको पालना गर्दै आगामी वर्ष बेरुजु हुन नदिने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। शुक्रबार आन्तरिक लेखा परीक्षण तथा बेरुजु समपरीक्षण एकाइले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मेयर शाहले सानातिना कुरामा ख्याल नपुग्दा बेरुजु बढेको बताएका हुन्। 

‘सानातिना कुरालाई ध्यान नदिँदा कहिलेकाहीँ असल नियतले गरेका कामको विषयमा पनि प्रश्न आउन सक्छन्,’ मेयर शाहले भने, ‘वित्तिय अनुशासनको पालना गरेर बेरुजु हुन नदिने वातावरण सिर्जना गर्नुपर्छ।’

अन्तरक्रियामा उपमेयर सुनिता डंगोलले, हतारमा काम नगर्न सुझाव दिइन् । ‘भोलि वेरुजु देखिने गरी काम गर्नुहुँदैन,अहिले सम्पन्न गरेका काम सम्बन्धी फाइल पल्टाएर सुरुदेखि हेर्नु नपरोस्,’उनले भनिन् । 

अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले, हिजोका बेरुजुलाई न्युनीकरण गर्ने र आगामी दिनमा वेरुजु हुन नदिनेतर्फ आफूले काम गरिरहेको बताए । ‘हामी यो आर्थिक बर्षको अन्त्यसम्ममा पेश्की शुन्य अभियानमा छौ,’ उनले भने, ‘लेखा परीक्षण प्रतिवेदनमा देखाइएका नियमित गर्न मिल्ने बेरुजुलाई नियमित गर्छौैँ। समपरीक्षण र असुलउपर विधिबाट बेरुजु घटाउँछौँ।’

अन्तरक्रियामा प्रशासन विभागका प्रमुख महेश काफ्ले, वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धर, सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले आफूमातहत वडाबाट भएका काम र वेरुजु तथा फस्र्यौटका लागि अबलम्बन गरिनु पर्ने प्रक्रियाका विषयमा प्रस्तुतिकरण गरेका थिए। 

इञ्जिनियर सुमन बादे श्रेष्ठले प्राविधिक र प्रशासनिक विषयलाई छुट््याएर आफ्ना आफ्नै क्षेत्रमा जिम्मेवार हुनुपर्ने बताए। 

महानगरले वडामा पूर्वाधार विकास र प्रशासनिक खर्च निकासा दिने गरेको छ । यसरी निकासा गरिएको रकम खर्च गर्दा देखिएका वेरुजु व्यवस्थापनका लागि वडाका कर्मचारीहरुसँग अन्तरक्रिया गरिएको हो । लेखा परीक्षण तथा समपरीक्षण एकाई प्रमुख गोपालप्रसाद पोरखेल भन्छन्, ‘हामीले वेरुजु फस्र्यौटको २९ प्रतिशत लक्ष्य हासिल गरिसकेका छौँ । प्रक्रियामा रहेको प्रगति ४५ प्रतिशत पुग्न लागेको छ । यो बर्षको अन्त्यसम्ममा ५० प्रतिशत पु¥याउने प्रयासमा छौँ।’ 

अन्तरक्रियामा वडासँग सम्बन्धित पूर्वाधार, राजस्व, वित्त र प्रशासन क्षेत्रमा छलफल गरिएको थियो। 

प्रकाशित मिति: १७:४० बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्