Kathmandu Press

सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गर्ने दुई पक्राउ 

काठमाडौं, जेठ २७ : सामाजिक सञ्जालमार्फत पीडित नाबालिका र महिलाको चरित्र हत्या गर्ने दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले काभ्रेको धुलिखेल...
सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गर्ने दुई पक्राउ 

काठमाडौं, जेठ २७ : सामाजिक सञ्जालमार्फत पीडित नाबालिका र महिलाको चरित्र हत्या गर्ने दुई जना पक्राउ परेका छन् । 

नेपाल प्रहरीको साइबर ब्यूरोले काभ्रेको धुलिखेल नगरपालिका– ६ चोच्छेका २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलुखर्क गाउँपालिका–१ घर भई हाल काठमाडौंको बालाजु बस्दै आएकी २० वर्षीया भोज कुमारी दाहाललाई पक्राउ गरिएको हो। 

ब्यूरोका अनुसार सोजुँले नाबालिकाको तस्बीर इडिट गरी अश्लिल भिडियो बनाएर नाबालिकाको आफन्त तथा साथीभाईलाई पठाएको आरोपमा जिल्ला अदालत काठमाडौंले उनीमाथि पक्राउ पुर्जी जारी गरेको थियो। सोही अनुसार ब्यूरोको टोलीले सोजुँलाई बुधबार धुलिखेलबाट पक्राउ गरेको हो। 

त्यस्तै दाहालले पीडित महिलाको तस्वीर दुरुपयोग गरी समाजमा अपाच्य हुने फोटो क्याप्सन राखेर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप छ । जिल्ला अदालत काठमाडौंकै अनुमतिपछि दाहाल पक्राउ परेकी हुन्। 

पक्राउ परेका दुबैजदनालाई अदालतबाट पाँच दिनको म्याद थप गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले जानकारी दिएका छन्। 

प्रकाशित मिति: १७:२५ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्