Kathmandu Press

मुग्लिन–आबुखैरेनी सडकखण्डमा चार दिन ठूला सवारी नचल्ने 

काठमाडौं, जेठ २७ : पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नारायणगढ सडकखण्डमा केही दिन ठूला सवारी साधन चलाउन नपाइने भएको छ। वर्षाका कारण सडक भासिएपछि सडक विभागले...
मुग्लिन–आबुखैरेनी सडकखण्डमा चार दिन ठूला सवारी नचल्ने 

काठमाडौं, जेठ २७ : पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नारायणगढ सडकखण्डमा केही दिन ठूला सवारी साधन चलाउन नपाइने भएको छ। 

वर्षाका कारण सडक भासिएपछि सडक विभागले भित्तातर्फको भाग काटेर साना सवारी साधन पास हुने व्यवस्था गरेपनि ठूला सवारी साधन पास हुन व्यवस्था गर्न कम्तिमा चार दिन लाग्ने भएको हो। 

सडक भासिएको ठाउँमा ठाडो भीर र कडा चट्टान भएका कारण भित्तातर्फको भाग काटेर ठूला सवारी साधन आवतजावत गर्न सक्ने बाटो बनाउन समय लाग्ने विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए। 

उक्त स्थानमा गएको पहिरामा पुरिएका २ जनाको शव भेटिएको छ । राति सडक नै टुट्ने गरी पहिरो जाँदा कार र मोटरसाइकल नदीमा खसेको थियो ।

पहिरोमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको थियो। 

प्रकाशित मिति: १६:०६ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्