तातो तेलमा श्रीमानले अनुहार डुबाइदिएपछि....
काठमाडौं, कात्तिक १८ : अनुहार पुरै सुन्निएको छ। राम्रोसँग आँखा खोल्न पनि सक्दिँनन्। बेला–बेलामा घाउ चिर्किन्छ र पीडाले छट्पटाउँछिन्।
....
काठमाडौं, कात्तिक १८ : अनुहार पुरै सुन्निएको छ। राम्रोसँग आँखा खोल्न पनि सक्दिँनन्। बेला–बेलामा घाउ चिर्किन्छ र पीडाले छट्पटाउँछिन्।
पीडा दबाउने कोशिश पनि गर्छिन् तर असैह्य भएपछि मुखबाट निस्किहाल्छ एैया...! यही, पीडाबाट गुज्रिरहेकी छन् सिन्धुलीकी आशा सदा।
रिसको झोकमा पति रितलालले आशाको अनुहार माछा तार्न तताएको तेलमा डुबाइदिएका थिए। तातो तेलमा अनुहार डुबाइदिएपछि आशा जलेको अनुहारमा मल्हम लगाउन काठमाडौं आइपुगेकी छिन्।
काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी आशा छिट्टै निको भएर फर्किने आशामा छिन्। तातो तेलले पोलेको अनुहार पुरै सुन्निएको छ। अवस्था समान्य भएपनि दुःखाइ भने असैह्य छ उनमा।
घटनाको त्यो दिन
शनिबारको दिन थियो। दिउँसो आशा घरमै बसिरहेकी थिइन्।
उनका श्रीमान रितलाल माछा मार्न गएका थिए। माछा मारेर फर्किपछि माछा तार्न आशाले तेल तताउँदै थिइन्। तेल तताउने क्रममै उनीहरुबीच सामान्य झगडा भयो। झगडापछि रितलालले आशाको अनुहार त्यही तातो तेलमा डुबाइदिए।

कहिलेकाहीँ आशा र रितलालबीच विवाद भइरहन्थ्यो। रक्सी खाएर आएपछि कुटपिटसमेत गर्ने रितलालले त्यो दिन तातो तेलमै आशाको अनुहार डुबाइदिए।
‘कुटपिट र गालीगलौज सहँदै आएकी थिएँ। तर, त्यो दिन सामान्य झगडा भएको थियो। उहाँले एक्कासी मेराे अनुहार तातो तेलमै डुबाइदिनु भयो,’ त्रिवि शिक्षण अस्पतालमा उपचाररत आशाले काठमाडौंप्रेससँग भनिन्।
अनुहार तेलमै डुबाइदिएपछि आशा चिच्याइन्। उनको चिच्याहट सुनेर कान्छी सासु र गाउँले आइपुगे। त्यसपछि उनलाई रितलालले नै अस्पताल लिएर गएका थिए। गाउँमै रहेको मेडिकल र जिल्ला अस्पतालमा उपचारका लागि गएपनि उपचार हुन नसकेपछि उनी काठमाडौं आएकी हुन्।

आशाको अनुहार तातो तेलमा डुबाएको कुरा आशाकी दिदी गीताले आइतबार बिहान १२ बजेमात्रै थाहा पाएकी थिइन्। गीताले बहिनीमाथि ज्वाइँले गरेको हर्कत थाहा पाएलगत्तै प्रहरीमा खबर गरेकी थिइन्। तर, प्रहरीलाई आशाको घरमा जाँदा खबर रितलाल फरार भइसकेका थिए।
आशालाई महिला अधिकारकर्मी र समाजसेवीहरुको सहयोगमा काठमाडौं ल्याइएको हो भने विभिएस नेपालले उपचारमा सहयोग गरिरहेको छ।
चार सन्तानकी आमा आशाका दुई छोराछोरी एक वर्षका पनि पुगेका छैनन्। उपचारका लागि काठमाडौं आएपछि एक वर्ष नपुगेका दूधे बालबालिका घरमै छोड्नु पर्दा उनी निकै पीडामा छिन्।



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)