Kathmandu Press

समृद्धि र विकासका लागि समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री राउत

काठमाडाैं, जेठ २७ : मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।प्रदेश अनुसन्धान तथा...
समृद्धि र विकासका लागि समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री राउत

काठमाडाैं, जेठ २७ : मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेस प्रदेशद्वारा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले  विकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तीनै तहका सरकारका बीच समन्वय र सहकार्य आवश्यक रहेकाे बताए। 

उनले भने, 'मधेसलाई समृद्ध बनाउन गरिने विकास निर्माणका काम स्थानीय तह मातहतकै गाउँठाउँमा गर्नुपर्दछ, स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले गर्ने विकास निर्माण त्यही ठाउँमा गर्नुपर्ने हुन्छ। तसर्थ तीनै तहको समन्वय र सहकार्यबिना समृद्धि र विकास सम्भव छैन।'

मुख्यमन्त्री राउतले स्थानीय सरकारहरूले ल्याउने विकास निर्माणको योजनाहरूमा काँधमा काँध मिलाएर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध जानकारी दिए।  प्रशिक्षणमा सरकार सञ्चालन तथा विकास निर्माणसँग सम्बन्धित जानकारी दिइने जनाइएको छ। 

मधेस सरकारका प्रमुख सचिव कृष्णबहादुर राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा धनुषा र पर्साबाहेक छ जिल्लास्थित स्थानीय तहका प्रमुखउपप्रमुख, अध्यक्षउपाध्यक्षहरूको सहभागिता छ। प्रशिक्षण तीन दिनसम्म चल्नेछ।

प्रकाशित मिति: १५:३९ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्