Kathmandu Press

सिसडोलवासीसँग माफी माग्दै मन्त्री झाँक्रीले भनिन्- फोहाेर व्यवस्थापनकाे स्थायी समाधान खाेजिन्छ

काठमाडाैं, जेठ २७ : सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सरकारले स्थायी रूपमा नै समाधान खोज्न चाहेको बताएकी छन्।फोहाेर व्यवस्थापनका...
सिसडोलवासीसँग माफी माग्दै मन्त्री झाँक्रीले भनिन्- फोहाेर व्यवस्थापनकाे स्थायी समाधान खाेजिन्छ

काठमाडाैं, जेठ २७ : सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सरकारले स्थायी रूपमा नै समाधान खोज्न चाहेको बताएकी छन्।

फोहाेर व्यवस्थापनका बिषयमा शुक्रबार सहरी विकास मन्त्रालयमा स्थानीयलगायत सरोकारवाला निकायसँग भएको छलफलका क्रममा मन्त्री झाँक्रीले सिसडोलवासीसँग यसअघि भएका प्रतिबद्धता पूरा नभएकोप्रति माफी माग्दै स्थायी रुपमा नै फोहाेर व्यवस्थापन गर्न बजेटमा कमी हुन नदिनेसमेत बताइन्।

उनले सिसडोलबासीलाई प्राथमिकतामा राखेर नै आगामी कार्ययोजना अघि बढाउने दाबी गरे। सिसडोलमा फोहाेर व्यवस्थापन गर्दा देखिएका समस्याको समाधानका लागि काम सुरु गरिसकेको उनले बताए।

मन्त्री झाँक्रीले यसअघि तत्कालको समस्या समाधान गर्न गरिएको सम्झौता कार्यान्वयन नभएका कारण नै समस्या देखिएको भन्दै अव त्यस्तो प्रवृति नदोहरीने धारणा राखे। सिसडोलमा गरेको गल्ती अब बञ्चरे डाँडा नदोहरिने उनको भनाइ छ। त्यस्तै सडक निर्माण कार्यलाई पनि तीव्रता दिने उनले जानकारी दिइन्। 

छलफलका क्रममा कांग्रेस महामन्त्री गगन थापाले यसै वर्षको बजेटमा जग्गा अधिग्रहणका लागि बजेट छुट्टाउनुपर्ने बताए। उनले स्थानीयवासीसँग भएको सम्झौता कार्यान्वयन नहुँदा विश्वसको संकट पैदा भएकाले अब दीर्घकालीन रुपमा नै समस्याको समाधान गर्नुपर्ने उल्लेख गरे।

त्यस्तै कांग्रेस नेता प्रकाश शरण महत्तले काठमाडौंको फोहाेर व्यवस्थापन महानगर, सरकारका बिभिन्न मन्त्रालय लगाएतको सहकार्यमा हुनुपर्ने बताए। उनले फोहाेर व्यवस्थापन गर्न सरकारले समिति बनाएपनि क्रियाशील हुन नसकेको तर्क गरे।

त्यस्तै स्थानीयहरुले सिसडोलबासीहरुको समस्यामाका बारेमा पटक पटक सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराए पनि सम्बोधन हुन नसकेको गुनासो गरे। स्थानीयहरुले पैसा उठाउन आन्दोलन गरेको भन्ने भ्रम छरेको उनीहरुको भनाइ छ। उनीहरुले सहमतिका नाममा सम्बन्धीत निकायले सदैव स्थानीयहरुलाई भ्रममा राख्ने गरेको बताए।

हाल बञ्चरेडाँडा क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकनको अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि सो क्षेत्रको आवश्यक जग्गा अधिग्रहण गर्ने मन्त्रालयको तयारी छ।

यसअघि शुक्रबार राति आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौँ महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको थियो।  

प्रकाशित मिति: १४:२० बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्