Kathmandu Press

लामो दुरीमा चल्ने सार्वजनिक यातायातको भाडा बढ्याे, कहाँ जान कति लाग्छ ? 

डिजेलको मूल्य प्रतिलिटर १५३ बाट वृद्धि भई १६५ पुगेकाले स्वचालित रुपमा सार्वजनिक यातायातको भाडा बढाइएको विभागले जनाएको छ।
लामो दुरीमा चल्ने सार्वजनिक यातायातको भाडा बढ्याे, कहाँ जान कति लाग्छ ? 

काठमाडौं, जेठ २७ : सरकारले अन्तरप्रदेश यातायातको भाडादर पुनः वृद्धि गरेको छ । शुक्रबार यातायात व्यवस्था विभागले सूचना जारी गर्दै यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर बढाइएको जानकारी दिएको हो। 

सूचना अनुसार अन्तरप्रदेश यातायातका यात्रुवाहक सवारी साधनमा २.५ प्रतिशत भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडादर ३.३ प्रतिशत बढाइएको छ भने तराइको बाटोमा सञ्चालन हुने मालवाहक ३.७ प्रतिशत भाडा बढेको छ। 

डिजेलको मूल्य प्रतिलिटर १५३ बाट वृद्धि भई १६५ पुगेकाले स्वचालित रुपमा सार्वजनिक यातायातको भाडा बढाइएको विभागले जनाएको छ। सार्वजनिक यातायातमा समायोजन गरिएको भाडादर शुक्रबारदेखि नै लागु हुने विभागले जानकारी दिएको छ ।

समायोजनपछि अब काठमाडौं–पोखराको भाडा ६२७ रुपैयाँ कायम गरिएको छ । यसअघि ६१२ रुपैयाँ कायम थियो। त्यस्तै काठमाडौं–धरानको भाडा  १ हजार ५२४ कायम गरिएको छ । यसअघि १ हजार ४८७ कायम थियो। 

लामो दुरीका सार्वजनिक यातायातमा भाडा बढेपछि प्रदेशहरुले सोही आधारमा छोटो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा बढाउनेछन्। 

कहाँ जान कति भाडा ? 

प्रकाशित मिति: १३:५० बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्