Kathmandu Press

डाँचाराज वाग्लेको मृत्युबारे छानबिन गर्न माग

काठमाडाैं, जेठ २७ : प्रतिनिधिसभाको आजको बैठकमा सांसद गिरिराजमणि पोखरेलले सर्लाहीका डाँचाराम वाग्लेको मृत्युका सम्बन्धमा गहनरुपले छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरे।बैठकको...
डाँचाराज वाग्लेको मृत्युबारे छानबिन गर्न माग

काठमाडाैं, जेठ २७ : प्रतिनिधिसभाको आजको बैठकमा सांसद गिरिराजमणि पोखरेलले सर्लाहीका डाँचाराम वाग्लेको मृत्युका सम्बन्धमा गहनरुपले छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरे।

बैठकको विशेष समयमा उनले डाँचारामको मृत्युका  सम्बन्धमा सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को  अनुसन्धान औपचारिकतामै सीमित भएको बताउँदै सरकारको ध्यानाकर्षण गराए।  

‘मिटरव्याज विरुद्धको आन्दोलनमा सर्लाहीका डाचाराम  प्रतिगमन आन्दोलनविरुद्ध उनको रहस्यमय तरिकाले मृत्यु भयो,’ सांसद पोखरेलले भने, ‘सरकारले सिआइबीमार्फत अनुसन्धानसमेत गर्‍यो तर अपौचारिकता मात्र टुङ्ग्याउने हिसाबले अनुसन्धान गरेको छ।’

प्रकाशित मिति: १३:२० बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्