प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत
काठमाडाैं, जेठ २७ : प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ।आज बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक-२०७९’ र ‘फौजदारी कसुर...
काठमाडाैं, जेठ २७ : प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ।
आज बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक-२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक-२०७९’ लाई सर्वसम्मतले स्वीकृत गर्दै दफावार छलफलका लागि समितिमा पठाइएको छ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रतिनिधिसभामा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक-२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक-२०७९’ दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरी पारित गर्दै स्वीकृत गरिएको हो।
अब ती दुई विधेयकमाथि सम्बन्धित समितिमा दफाबार छलफल हुनेछ।
प्रकाशित मिति: १२:२८ बजे, शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


