जाजरकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौं, जेठ २७ : जाजरकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ११ जना घाइते भएका छन्। शुक्रबार बिहान जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट...
काठमाडौं, जेठ २७ : जाजरकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ११ जना घाइते भएका छन्।
शुक्रबार बिहान जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्वरको बोलेरो जीप आज बिहान साढे ७ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेहरुमा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नम्बर ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाहीको मृत्यु भएको छ।
दुर्घटनामा जुनीचाँदे–६ का २० वर्षीय लालबहादुर बुढा, दैलेख गुराँस गाउँपालिका–७ का २५ वर्षीय टोपबहादुर थापा, जुनीचाँदे गाउँपालिका–६ का १३ वर्षीया विपना शाही, सोही ठाउँका ३९ वर्षीय विष्णुबहादुर शाही, १३ वर्षकी समिक्षा शाही, ३४ वर्षीया कालिका शाही, ३० वर्षका नरबहादुर शाही, १४ वर्षीया सविता शाही, ८ वर्षीया नमुना सिंह घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरुलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्दार गर्ने कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।








-1787140035.png)


