Kathmandu Press

प्रतिनिधि सभा बैठक सुरु, यस्तो छ कार्यसूची 

काठमाडौं, जेठ २७ : प्रतिनिधि सभा बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेपछि बैठक सुरु भएको हो। आजको बैठकमा...
प्रतिनिधि सभा बैठक सुरु, यस्तो छ कार्यसूची 

काठमाडौं, जेठ २७ : प्रतिनिधि सभा बैठक सुरु भएको छ । 

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेपछि बैठक सुरु भएको हो। आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री  गोविन्द प्रसाद शर्मा (कोइराला) ले ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संसोधन गर्ने विधेयक, २०७९ लाई दफावर छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनि प्रस्ताव गर्ने कार्यसूची छ। 

त्यस्तै ‘फौजदारी तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संसोधन गर्ने विधेयक, २०७९ लाई दफावा छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनि प्रस्ताव गर्ने कार्यसूची रहेको छ। 

संसद सचिवालयले जारी गरेको कार्यसूची अनुसार आजकै बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने छ। 


 

प्रकाशित मिति: ११:२३ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्