Kathmandu Press

पृथ्वी राजमार्गमा सडक भासिएको स्थानमा २ शव र कार भेटियो

प्रहरीकाअनुसार सडकभन्दा तल कार खसेको र मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। कार र शवलाई निकाल्ने प्रयास प्रहरीले गरिरहेको छ।
पृथ्वी राजमार्गमा सडक भासिएको स्थानमा २ शव र कार भेटियो

तनहुँ, जेठ २७ : तनहुँको आबुखैरेनी गाउँपालिका ४ साँखरस्थित ड्याम नजिक सडक भासिएको स्थानमा दुईवटा शव र कार भेटिएको छ। सडक भासिएको स्थानमा कार खस्दा दुई जनाको मृत्यु भएको हो।

प्रहरीकाअनुसार सडकभन्दा तल कार खसेको र मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। कार र शवलाई निकाल्ने प्रयास प्रहरीले गरिरहेको छ।

बिहान ५ बजे सडक भासिएर मस्याङदी नदीमा खस्दा मुग्लिङ–पोखरा सवारी आवागमन अबरुद्ध भएको छ । करिब २० मिटर सडक भासिएको छ। सडक भासिएपछि सवारी साधनलाई पोखरा र मुग्लिङमै रोकिएकाे छ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो।

प्रकाशित मिति: १०:११ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्