Kathmandu Press

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

प्रहरीका अनुसार पहिरो पन्छाउने काम जारी भएको र सडकमा सवारी साधनको लामो लाइन भएकाले यातायात आवागमन सहज हुन समय लाग्ने छ।
नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

काठमाडौं, जेठ २७ : नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध भएको छ। शुक्रबार बिहान तोपे खोलामा सुख्खा पहिरो खरेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको हो।

शुक्रबार बिहान पौने ९ बजे इच्छाकामना गाउँपालिका–६ तोपेखोला नजिकै सुख्खा पहिरो खसेको प्रहरीले जनाएको छ।  बिहीबार पनि पहिरोका कारण सडक अवरुद्ध भउको थियो। राति पहिरो पन्छाएर सवारी आवागमन खुलाइएको थियो, तर बिहानै फेरि पहिरो गएपछि यात्रुलाई सास्ती भएको छ।

प्रहरीका अनुसार पहिरो पन्छाउने काम जारी भएको र सडकमा सवारी साधनको लामो लाइन भएकाले यातायात आवागमन सहज हुन समय लाग्ने छ।

जाम भएका सवारी साधनको लाइन चितवनको रामनगरसम्म पुगेको प्रहरीले जनाएको छ। काठमाडौं लगायतका ठाउँबाट पोखरा जाने सवारी साधनहरुलाई बाटोको अवस्था हेरेर मात्रै आउन भनिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०९:५८ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्