Kathmandu Press

भासिएको सडक तत्काल नखुल्ने, यात्रुको बिचल्ली (अपडेट) 

काठमाडौं, जेठ २७ : तनहुँको आबुखैरेनी गाउँपालिका ४ डम्पीमा भासिएर अबरुद्ध भएको सडक तत्काल सञ्चालनमा आउने सम्भावना नरहेको प्रहरीले जनाएको छ । अबरुद्ध सडक...
भासिएको सडक तत्काल नखुल्ने, यात्रुको बिचल्ली (अपडेट) 

काठमाडौं, जेठ २७ : तनहुँको आबुखैरेनी गाउँपालिका ४ डम्पीमा भासिएर अबरुद्ध भएको सडक तत्काल सञ्चालनमा आउने सम्भावना नरहेको प्रहरीले जनाएको छ । 

अबरुद्ध सडक तत्काल खुल्न सक्ने अवस्थामा नरहेको घटनास्थलमा रहेको प्रहरीले जनाएको हो । बिहान ५ बजे सडक भासिएर मस्याङदी नदीमा खस्दा मुग्लिङ–पोखरा सवारी आवागमन अबरुद्ध भएको छ । सडक अबरुद्ध भएपछि यात्रुहरुले सास्ती खेप्नुपरेको छ । 

सडक भासिएपछि सवारी साधनलाई पोखरा र मुग्लिङमै रोक्न लगाइएको छ । सडक भासिएका कारण उक्त स्थानमा आबुखैरेनीबाट मुग्लिङतर्फ जादै गरेको कार अन्दाजी २०० मिटर तल खसी मस्याङदी नदिको खोचमा देखिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: ०८:४५ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्