Kathmandu Press

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

काठमाडौं, जेठ २७ : हाल नेपालको पूर्वी भू भागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भू भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार अहिले प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। शुक्रबार दिउँसो  प्रदेश १, मधेश प्रदेश , बागमती  र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू भागमा  आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी भू भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ०७:५२ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्