नेसन्स लिग : स्पेन र पोर्चुगलको जित
काठमाडौं, जेठ २७ : स्पेनले युईएफए नेसन्स लिग ‘ए’ ग्रूप २ मा पहिलो जित निकालेको छ।स्वीट्जरल्यान्डमा बिहीबार राति भएको खेलमा स्पेनले घरेलु टोलीलाई...
काठमाडौं, जेठ २७ : स्पेनले युईएफए नेसन्स लिग ‘ए’ ग्रूप २ मा पहिलो जित निकालेको छ।
स्वीट्जरल्यान्डमा बिहीबार राति भएको खेलमा स्पेनले घरेलु टोलीलाई १–० ले पराजित गरेको हो। पाहुना टोली स्पेनको जितमा पहिलो हाफमा पाब्लो सारावियाले गरेको गोल नै निर्णायक बन्यो।
उनले १३औं मिनेटमा मार्कोस लोरेन्टेको पासमा गोल गरेका थिए। जारी प्रतियोगितामा पहिलो जित निकालेको स्पेन ३ खेलबाट ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
पराजित स्वीट्जरल्यान्डले अंकको खाता खोल्न सकेको छैन। यो समूहमा अपराजित पोर्चुगल ७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। चेक रिपब्लिक ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
पोर्चुगलले बिहीबार राति नै चेक रिपब्लिकलाई २–० ले पराजित गरेको हो ।
प्रकाशित मिति: ०७:३७ बजे, शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











