Kathmandu Press

बन्चरेडाँडावासीसँग मध्यरातमा फोहोर उठाउने सहमति, आजैदेखि फोहोर उठ्ने (पत्रसहित) 

सहमति अनुसार शुक्रबारदेखि नै उपत्यकाको फोहोर विसर्जनको अवरोध हटाइने भएको छ । 
बन्चरेडाँडावासीसँग मध्यरातमा फोहोर उठाउने सहमति, आजैदेखि फोहोर उठ्ने (पत्रसहित) 

काठमाडौं, जेठ २७ : काठमाडौं महानगर र सिसडोल–बञ्चरे डाँडाबिच काठमाडौंको फोहोर उठाउने सहमति भएको छ । 

राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयदेखि वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो । 

दुई पक्षबिच फोहोर ढुवानी रातिको समयमा गर्ने, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, सहरी विकास मन्त्रालयमा भएको प्रतिबद्धताको कार्यान्वयन गर्न पहल गर्ने लगायतका १८ बुँदे सहमति भएको हो । 

सहमति अनुसार शुक्रबारदेखि नै उपत्यकाको फोहोर विसर्जनको अवरोध हटाइने भएको छ । 

प्रकाशित मिति: ०७:११ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्