पृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध
काठमाडौं, जेठ २७ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । बिहिबार रातिदेखि...
काठमाडौं, जेठ २७ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । बिहिबार रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो ।
सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए । करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ०७:०३ बजे, शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


