फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको भने यथावत
काठमाडौं, जेठ २७ : पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी मूल्य बढेको निगमले जनाएको हो ।नयाँ...
काठमाडौं, जेठ २७ : पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी मूल्य बढेको निगमले जनाएको हो ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८ रुपैयाँले बढेर १७८ पुगेको छ । यसैगरी डिजेल र मट्टीतेलको मूल्य १२ रुपैयाँले बढेर १६५ पुगेको छ । एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ ।
एलपी ग्याँस अहिले प्रति सिलिन्डर १८०० रुपैयाँ बिक्री भइरहेको छ । अर्थमन्त्रीले प्रतिवद्धता जनाएअनुसार इन्धनमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर नघटाएपछि निगमले इन्धनको मूल्य बढाएको हो ।
घाटा बढेर भारतीय आयल कर्पोरेसन (आईओसी) लाई बुझाउनुपर्ने बक्यौता रकम बढेपछि निगमले मूल्य बढाएको हो ।
प्रकाशित मिति: ०७:०० बजे, शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


