Kathmandu Press

राप्रपाद्वारा तीन विभाग प्रमुख नियुक्त

काठमाडौं, जेठ २६ : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विभिन्न विभागमा मनोनयन गरेको छ ।बिहीबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान अनुसार विभिन्न विभागमा...
राप्रपाद्वारा तीन विभाग प्रमुख नियुक्त

काठमाडौं, जेठ २६ : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विभिन्न विभागमा मनोनयन गरेको छ ।

बिहीबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान अनुसार विभिन्न विभागमा मनोनयन गरेका हुन् । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार स्थानीय तह परिचालन विभाग प्रमुखमा उपाध्यक्ष रोशन कार्कीलाई नियुक्त गरिएको छ ।

यस्तै महिला विभाग प्रमुखमा महामन्त्री कुन्ती कुमारी शाही, शिक्षा विभाग प्रमुखमा केन्द्रीय सदस्य डा राजेश गरी र सामाजिक विभाग प्रमुखमा ज्वाला संग्रौलालाई नियुक्त गरिएको हो ।

प्रकाशित मिति: २०:३७ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्