नेपाली सेनाका प्रधानसेनापति र भारतका कार्यवाहक राजदूतबीच भेटघाट
काठमाडौं, जेठ २६ : नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र भारतका कार्यवाहक राजदूत नामग्या खाम्पाबीच भेटवार्ता भएको छ...काठमाडौं, जेठ २६ : नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र भारतका कार्यवाहक राजदूत नामग्या खाम्पाबीच भेटवार्ता भएको छ ।
प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
यस्ता भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।
प्रकाशित मिति: २०:१० बजे, बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


