फाेहाेर व्यवस्थापबारे शुक्रबार शहरी विकास मन्त्रालयमा छलफल
काठमाडाैं, जेठ २६ : उपत्यकाकाे फाेहाेर व्यवस्थापनबारे शुक्रबार (भाेलि) शहरी विकास मन्त्रालयमा छलफल हुने भएकाे छ। छलफलमा काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह, धादिङको...
काठमाडाैं, जेठ २६ : उपत्यकाकाे फाेहाेर व्यवस्थापनबारे शुक्रबार (भाेलि) शहरी विकास मन्त्रालयमा छलफल हुने भएकाे छ। छलफलमा काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिसँगै स्थानीय वासिन्दाकाे पनि सहभागिता रहने छ।
यसअघि गत सोमबार शहरी विकास मन्त्रालय, उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्र पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच सहमति भएको थियो। तर उक्त सहमतिमा स्थानीयले अवराेध गरेपछि फाेहाेर बाेकेकाे ट्रकमा अवराेध गरेका थिए।
स्थानीयकाे नुवाकोट र धादिङमा फोहोरबाट प्रभावित भएका ४ सय स्थानीयलाई रोजगारी दिनुपर्ने, प्रभावित क्षेत्रमा भएको गुठी सम्बन्धी समस्या समाधान गर्नुपर्ने, बञ्चरेडाँडाको वरिपरि ३ हजार मिटर क्षेत्र अधिग्रहण गर्नुपर्ने र अधिग्रहण नगरे स्थानीय वासिन्दालाई अन्यत्र जग्गा दिनुपर्ने वासिन्दाको माग रहेकाे छ।








-1787140035.png)


