तनहुँ–२ बाट उम्मेदवार दिने पौडेलको तयारी, पार्टीले अन्यत्र पठाउँदा पनि तयार
काठमाडौं, जेठ २६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अब हुने प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार दिने बताएका...
काठमाडौं, जेठ २६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अब हुने प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार दिने बताएका छन् ।
स्थानीय तह निर्वाचनको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण गर्न बनेको उपसमितिका संयोजक समेत रहेका पौडेलले बिहीबार एक पत्रकार सम्मेलनमा आफूले तनहुँको क्षेत्र नं २ बाट उम्मेदवारी दिने तयारी गरेको बताएका हुन् ।
तनहुँमा कांग्रेसका धेरै नेता भएकाले आफूलाई पार्टीले अन्यत्र जिल्लामा पठाए पनि आफू तयार रहेको उनले प्रष्टाए । यसअघि तनहुँ २ कबाट पौडेल प्रदेश सभामा उम्मेदवार भएर झिनो मतले पराजित भएका थिए । तनहुँ २ बाट चाहिँ कांग्रेसका शंकर भण्डारी पराजित भएका थिए ।
प्रकाशित मिति: १८:४५ बजे, बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


