Kathmandu Press

किशोरको हत्या आरोपमा मेयरसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता

काठमाडौं, जेठ २६ : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा मृत भेटिएका १७ वर्षीय किशोरको हत्या आरोपमा किटानी जाहेरी दर्ता गरिएको छ । जेठ...
किशोरको हत्या आरोपमा मेयरसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता

काठमाडौं, जेठ २६ : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा मृत भेटिएका १७ वर्षीय किशोरको हत्या आरोपमा किटानी जाहेरी दर्ता गरिएको छ । 

जेठ २१ मा मृत फेला परेका कक्षा १० मा अध्ययनरत बिनोद शाहीको हत्या आरोपमा पीडितले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका हुन् । मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध​ किटानी जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ । प्रहरीले जाहेरी दर्ता गरेपछि पीडितले शव बुझेका छन् । 

बिनोद पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थान स्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा मृत फेला परेका हुन् । जेठ २१ मा आक्रोशित समुहले ईलाका प्रहरी कार्यालय विनायकमा तोडफोड गरेका थिए । स्थानीयले प्रहरीको ना.१ झ १२८६ नम्बरको गाडी  तोडफोड गरेर पञ्चदेवल बिनायक नगरपालिकामा तालाबन्दी गरेका छन् । 

बल बहादुर शाहीको छोरा  १७ वर्षीय मृतक बिनोद बहादुर शाहीको मोबाइल शवभन्दा माथी मध्यपहाडी लोकमार्गमा भेटिएको थियो । उनले लगाएको चप्पल भिरमा अड्किएको अवस्थामा भेटिएको छ । उनी जेठ १७ मा राति रिठा टोलबाट हराएका थिए । 

प्रकाशित मिति: १८:३७ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्