सडकमा थुप्रिएको फोहोरले पैदल यात्रीलाई सास्ती (फोटोफिचर)
मुख्य सडकमै फोहोरको डंगुर थुप्रिन थालेपछि आवतजावत गर्नसमेत समस्या भएको हो । धेरै ठाउँमा स्थानीय तह निर्वाचन अघिदेखि नै थुप्रिएको फोहोर पनि संकलन गरिएको छैन ।
काठमाडौं, जेठ २६ : काठमाडौंका धेरै मुख्य सडक फोहोरका कारण दुर्गन्धित बनेका छन् । मुख्य सडकमै फोहोरको डंगुर थुप्रिन थालेपछि आवतजावत गर्नसमेत समस्या भएको हो ।
धेरै ठाउँमा स्थानीय तह निर्वाचन अघिदेखि नै थुप्रिएको फोहोर पनि संकलन गरिएको छैन ।
महानगरका बसन्तपुर दरबार क्षेत्र, न्युरोड, पुतलीसडक लगायतका क्षेत्रमा थुप्रिएको फोहोरले राजधानीलाई कुरुप समेत बनाएको छ ।
सिसडोल र बञ्चरेडाँडाबासीले फाल्न नदिँदा अहिले काठमाडौंको फोहोर उठ्न नसकिएको बताइएको छ ।
प्रकाशित मिति: १८:१६ बजे, बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार