मन्त्री श्रेष्ठ र जसपा सांसद यादवबीच मन्त्रालयकाे कार्यकक्षमै घम्साघम्सी
काठमाडाैं, जेठ २६ : सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) का सांसद रामबाबु यादवबीच घम्साघम्सी भएको छ।आज (बिहीबार) सिंहदरबारस्थित कार्यकक्षमै...
काठमाडाैं, जेठ २६ : सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) का सांसद रामबाबु यादवबीच घम्साघम्सी भएको छ।
आज (बिहीबार) सिंहदरबारस्थित कार्यकक्षमै उनीहरूबीच टेबुल ठोक्ने, बोतल फालेर घम्साघम्सी परेको हो ।
आफ्नै पार्टीबाट मन्त्रीले आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि सांसद यादव खनिएपछि पिएसओले बचाएका थिए । श्रेष्ठ पनि जसपाबाटै सामान्य प्रशासनमन्त्री बनेका हुन्।
जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका बताइएको छ।
प्रकाशित मिति: १८:१३ बजे, बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


