Kathmandu Press

अमेरिकी सैनिक अधिकारीहरुको नेपाल भ्रमणबारे जानकारी गराउन माग

काठमडाैं, जेठ २६ : नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले अमेरिकी सैनिक अधिकारीहरुको नेपाल भ्रमण र नेपालका प्रधानसेनापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका...
अमेरिकी सैनिक अधिकारीहरुको नेपाल भ्रमणबारे जानकारी गराउन माग

काठमडाैं, जेठ २६ : नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले अमेरिकी सैनिक अधिकारीहरुको नेपाल भ्रमण र नेपालका प्रधानसेनापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका विषयमा सदनलाई जानकारी गराउन माग गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालयमाथिको छलफलका क्रममा उनले अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डका जनरलका साथै अन्य सैनिक अधिकारीहरुको नेपाल भ्रमण र नेपालबाट हुने लागेको अमेरिका भ्रमणले आशंका पैदा भएको भन्दै यस विषयमा सरकारले सदनमा जानकारी गराउनुपर्ने बताएका हुन्।

अमेरिकी र नेपाली सेनाबीच स्टेट पार्टनरशिप सम्झौताका लागि दवाव दिन खोजिएको भन्ने चर्चाका बिषयमा पनि सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ।

त्यस्तै छलफलमा भाग लिदै उनले सरकारले भनेको निजी लगानी भित्र्याउने कुरामा धेरै क्षेत्र पर्ने भएकाले सबै क्षेत्र समेट्नुपर्ने बताए। नेता पोखरेलले सार्वजनिक शिक्षाको सवलीकरण दशकीय कार्यक्रम आफ्नो पालामा ल्याइएकामा अहिले शिक्षा मन्त्रालयले त्यसलाई चासो नदेखाएको बताए।

त्यस्तै छलफलमा भाग लिँदै एमालेका सांसद योगेश भट्टराईले बिनाअध्ययन शेयर धितो कर्जाको सीमा हेरफेर गर्ने कुरा उपयुक्त नभएको बताए। धितोपत्र सुधारका लागि सरकारले गठन गरेको समितिमा लगानीकर्तालाई पनि समावेश गर्नुपर्नेमा उनले जोड दिए।

भट्टराईले अहिलेको बजेटमा सरकारले पुँजीकरणलाई प्राथमिकतामा नराखेको जिकिर गरे।

 

प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्