Kathmandu Press

सबैको अभिभावक बन्न नसक्दा राजसंस्था समाप्त भएको हाे : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबैको अभिभावक बन्न नसक्दा राजसंस्था समाप्त भएको दाबी गरेका छन्। उनले अब कुनै पनि हालतमा राजसंस्था नफर्किने पनि...
सबैको अभिभावक बन्न नसक्दा राजसंस्था समाप्त भएको हाे : कमल थापा

बुटवल, जेठ २६ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबैको अभिभावक बन्न नसक्दा राजसंस्था समाप्त भएको दाबी गरेका छन्। उनले अब कुनै पनि हालतमा राजसंस्था नफर्किने पनि बताए। 

आज (बिहीबार) बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले थापाले निर्मल निवासले दलहरूमाथि अनावश्यक हस्तक्षेप गर्न थालेको र आफूले त्यसलाई रोक्न प्रयास गरेको जिकिर गरे। 

राजसंस्थालाई मर्यादित बन्न भन्दै आफू लिखित रुपमा पत्र पठाए पनि निर्मल निवासले कुनै सुनुवाइ नगरेको र आफूले राजसंस्थाको एजेन्डा नै छाडिदिएको उल्लेख गरे।

अध्यक्ष थापाले राजतन्त्रको एजेन्डा बोकेर जाँदा हिन्दु राष्ट्रलगायत एजेन्डा ओझेलमा पर्ने भएकाले सो एजेन्डा परित्याग गरेको पनि बताए। पार्टीले अहिले लोकतन्त्र, राष्ट्रियता र हिन्दु राष्ट्रलाई मुख्य एजेन्डा बनाएको उनले जानकारी दिए।

नेपालमा धर्म निरपेक्षता वा हिन्दु राष्ट्र भन्ने विषय जनमत संग्रहको माध्यमबाट टुंगो लगाउनुपर्ने थापाले बताए। उनले आगामी  भदौदेखि हिन्दु राष्ट्र पुनःस्थापनाका लागि देशव्यापी रूपमा कार्यक्रम सञ्चालन गर्ने बताए।

जनताबाट निर्वाचित कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १४:५९ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्