Kathmandu Press

नागरिकप्रति सरकार जिम्मेवार र बफादार बन्नुपर्छ : डिला संग्रौला

काठमाडाैं, जेठ २६ : सत्तारूढ नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकार कहाँ छ? भन्दै प्रश्न गरेकी छन्।प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा उनले पाठ्यपुस्तकको...
नागरिकप्रति सरकार जिम्मेवार र बफादार बन्नुपर्छ : डिला संग्रौला

काठमाडाैं, जेठ २६ : सत्तारूढ नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकार कहाँ छ? भन्दै प्रश्न गरेकी छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा उनले पाठ्यपुस्तकको समस्या, मलको समस्या, महँगी नियन्त्रण हुन नसकेको भन्दै सरकार कहाँ छ? भन्दै प्रश्न गरेकी हून्। उनले नागरिकप्रति सरकार जिम्मेवार र बफादार बन्न नसकेको धारणा राखिन्।

नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएको र खेती लगाउने बेला किसानले मल नपाएको उनले बताइन्। त्यस्तै उनले नागरिकको ढाड सेके पनि महँगी नियन्त्रणमा सरकारले ध्यान पुर्‍याउन नसकेको र हत्या, हिंसा र बलात्कारका घटना भए पनि पीडितले न्याय पाउन नसकेको बताइन्।

शून्य समयमा एमालेकी सांसद नविना लामाले पाठ्यपुस्तकको समस्या समाधान गर्न नसक्ने जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नुपर्ने बताइन्। उनले पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताइन्।

त्यस्तै एमालेकै सांसद पद्मा कुमारी अर्यालले गृहमन्त्रीको निर्देशनमा प्रहरीलाई साक्षी राखेर त्रिभुवन विश्वविद्यालयमा ताला लगाइएको आरोप लगाइन्।

लामो समय विश्वविद्यालयमा तालाबन्दी हुँदा पनि प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री उपकुलपति रहेको विश्वविद्यालयमा ताला खुलाउन कुनै पहल नभएको उहाको भनाइ छ।

प्रकाशित मिति: १४:३६ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्