Kathmandu Press

बाढीले मेलम्चीको अस्थायी पुलमा क्षति, मर्मत गरिँदै

काठमाडौं, जेठ २८ : अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित बनेको छ। गए रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका...
बाढीले मेलम्चीको अस्थायी पुलमा क्षति, मर्मत गरिँदै

काठमाडौं, जेठ २८ : अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित बनेको छ। गए रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ।
 
वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युमपाइप जडित फट्टेको पुलमा क्षति पुगेको छ। पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ। 

अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङसहितको टोलीले उक्त क्षेत्रको अनुगमन गरेपछि पुलको मर्मत थालिएको छ। मेलम्ची नगरपालिका–७ र ११ जोड्ने फट्टेमा अस्थाई कल्भर्टमा क्षति पुगेसँगै यातायात सेवा अवरूद्व भएको छ। 

प्रकाशित मिति: १०:५२ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्