Kathmandu Press

कञ्चनपुर जिससमा कांग्रेसको प्यानल निर्विरोध

काठमाडौं, जेठ २६ : जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन भएका छन् । जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको...
कञ्चनपुर जिससमा कांग्रेसको प्यानल निर्विरोध

काठमाडौं, जेठ २६ : जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन भएका छन् । जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको थियो । 

जिसस उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध चयन भएका छन्। जिसस सदस्यहरुमा मोहन महता, रामसिंह भण्डारी, जयसिंह विष्ट, लिला चौधरी, चन्द्रावती थापा, विमलाकुमारी सार्की र अन्जुदेवी राना निर्विरोध  निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

जिससमा अन्य दलले उम्मेदवारी दिएका थिएनन्।  

प्रकाशित मिति: १०:१९ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्