आईसीसी लिग-२ मा नेपाल ओमनसँग भिड्दै
काठमाडौं, जेठ २६ : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तरगत आज नेपालले ओमनसँग प्रतिस्पर्धा गर्न लागेको छ।अमेरिकाको ह्युस्टनस्थित मौसा क्रिकेट स्टेडियममा आज राति ९ः१५...
काठमाडौं, जेठ २६ : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तरगत आज नेपालले ओमनसँग प्रतिस्पर्धा गर्न लागेको छ।
अमेरिकाको ह्युस्टनस्थित मौसा क्रिकेट स्टेडियममा आज राति ९ः१५ बजे नेपाल र ओमनको खेल हुनेछ। ओमन ३३ खेलमा ४० अंकसहित शीर्षस्थानमा छ।
नेपालले अहिलेसम्म १२ खेलमा १२ अंक जोडेको छ। नेपालले सबैभन्दा कम खेल खेलेको छ।
अहिलेसम्म लिग-२ का चार खेलमा ओमनसँग प्रतिस्पर्धा गरेको छ। जसमा नेपालले एक खेल जितेको छ भने तीन खेल हारेको छ।
अमेरिका यात्राका क्रममा नेपालले चार खेल खेल्नेछ। जसमा अर्को खेल ११ जुनमा अमेमरिकासँग, १४ जुनमा ओमनसँग र अन्तिम खेल १५ जुनमा अमेरिकासँगै खेल्नेछ।
प्रकाशित मिति: ०८:५५ बजे, बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











