Kathmandu Press

पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

जलेश्वर, जेठ २६ : महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।बुधबार साँझ पोखरीमा डुबेर स्थानीय किशोर सदाकी छोरी...
पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

जलेश्वर, जेठ २६ : महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

बुधबार साँझ पोखरीमा डुबेर स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ। बालिकाको शव परीक्षणका लागि गएराति नै जलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०८:२१ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्