Kathmandu Press

मनसुनी वायुको प्रभावले वर्षाको सम्भावना

काठमाडौं, जेठ २६ : मनसुनी वायुको प्रभावले आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम...
मनसुनी वायुको प्रभावले वर्षाको सम्भावना

काठमाडौं, जेठ २६ : मनसुनी वायुको प्रभावले आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रही प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरू तथा वाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा  मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षा भइरहेको छ।

आज दिउसो पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:५५ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्