पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन, जेठ २६ : वर्षासँगै खसेको पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ।चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि....jpg)
चितवन, जेठ २६ : वर्षासँगै खसेको पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ।
चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले बताए।
आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको उनले बताए।
त्यस्तै, पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ। इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले बताए।
वर्षा शुरु भएसँगै नारायणगढ– मुग्लिन सडकमा पहिरो जाने क्रम शुरु भएको छ। यो सडका सधैं पहिरो जाने गरेको छ। जसले गर्दा यात्रुले सास्ती खेप्नुपर्छ।
प्रकाशित मिति: ०७:२२ बजे, बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


